काठमाडौ । लायन्स क्लब इण्टरनेशनल ३२५ आइ नेपालको सेकेण्ड भिडिजी द्धितीय भाइस डिष्टिक गभर्नरका लागि गुल्मीका सामाजिक ब्यक्तित्व एवं लामो समय देखि लायन्स क्लबमा आबद्ध भएर प्रभावकारी भूमिका खेल्दै आउनुभएका बिष्णुप्रसाद भण्डारीले उमेदवारी दिनुभएको छ ।
२०१०मा राजन लम्साल गभर्नर हुंदा सदस्यता लिएर लायन्स अभियानमा आबद्ध हुनुभएका लायन्स लिडर भण्डारीले लायन्स क्लब लर्डबुद्ध स्थापना गर्नुभएको थियो । सो क्लब मार्फत देशका बिभिन्न जिल्लामा दर्जनौ बरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगेर ऐतिहासिक खालका स्वास्थ्य शिविर, ग्रामीण क्षेत्रमा शिक्षामा पहुंच नभएका बालबालिकालाई पठनपाठनको ब्यबस्था, मानब सेवा आश्रमहरुमा निरन्तर सहयोग, दुर्गम जिल्लामा जाडोवाट जोगिने न्यानो कपडा पुरयाउने, जहां रगतको अभाव हुन्छ त्यहां तत्काल रक्तदानको ब्यबस्था गरी रगत संकलन गर्ने , बाढी पहिरो पीडितलाई सहयोग गर्ने जस्ता सामाजिक कार्यहरु उहांका अनुकरणीय कार्य रहेका छन् । जसलाई लायन्सको सिंगो परिवारले उदाहरणीय कार्य भन्दै सम्मानप नि गरेको छ ।
लयन लिडर भण्डारीले गरेका सामाजिक कार्यलाई लायन्स क्लब डिष्टिकले मात्र होइन अन्य प्रतिष्ठित संस्था एवं सरकारी निकायवाट सम्मानित पनि हुनुभएको छ । ब्यक्ति भन्दा संस्थामाथि रहनुपर्ने र टिमवर्कमा काम मन पराउने भण्डारीले आफनो उम्मेदवारी अहिले सम्म गरेको समाजसेवालाई संस्थागत गर्ने र लायन्स क्लबलाई संसारकै उदाहरणीय समाजसेवाको रुपमा अग्रणी बनाउने प्रमुख उद्धेश्य बनाएको बताउनुभएको छ । राजन लम्साल , इन्दू लम्साल, बिनोद ढुगाना , पार्वती खरेल पाण्डे , चन्द्रकुमार केसी, राम बस्याल, लगायतका लायन्स क्लबका गभर्नर देखि अन्य डिष्टिकका लिडरहरुले साथ दिएको बताइएको छ । लायन्स कलब इण्टरनेशनल ३२५ आइ नेपालको सेकेण्ड भिडिजीमा भण्डारीको आबश्यकता रहेको लायन्स लिडरहरुले जनाएका छन् । भण्डारीले चन्द्रकुमार केसी, राम बस्याल एवं क्याविनेटका सिनियर साथीहरु र डिष्टिक ३२५ आई नेपालका सम्पूर्ण क्लवका अध्यक्ष एवं सदस्यहरुवाट आफुलाई सहयोग हुने बिश्वास सहित अपेक्षा गर्नुभएको छ । डिष्टिक गभर्नरका रुपमा सुर्यकुमार केसी, फस्ट भाइस डिष्टिक गभर्नरका उम्मेदवार मोहन भटराई रहनुभएको छ । आगामी चैत्र ७ गते प्रज्ञा भवनमा हुने चौथो महाधिबेशनमा निर्वाचन हुने छ ।